मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित

Main News Image
Mahir News add

काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र विकेट लिनेको क्षमता पुनः एकपटक टोलीका लागि वरदान सावित भयो।

सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो । 

जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा सवै विकेट गुमाएर एक सय ४२ रनमा समेटिएको थियो । 

कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाउनुभयो । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्याच चल्न सकेनन् । 

कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले ३.५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिनुभएको हो ।

यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या दुई सय ५४ पुगेको छ। सन्दीप प्लेयर अफ द म्याच बन्नुभयो । यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८ रन बनाउनुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले आठ बलमा १६ रन बनाउनुभयो । अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन । 

बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले तीन तीन विकेट लिनुभयो । मुहम्मद असिमले एक विकेट झार्नुभयो । 

नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो । जितसँगै सुपर सिक्समा ६ अङ्क बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ । 

ओमानको पनि समान ६ अङ्क छ । नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ । ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ । 

सन्दीपले प्रारम्भिक ओभरमै विपक्षीको महत्वपूर्ण विकेट झार्दै कतारको रन गति नियन्त्रणमा राखे भने अन्य बलरहरूले पनि उनको साथ दिए। फलस्वरूप कतारले मध्यम स्कोरमा सीमित रहनु परेको थियो। जवाफमा नेपालका ब्याट्सम्यानहरूले संयमित प्रदर्शन गर्दै लक्ष्य पार गरे। अन्तिम ओभरसम्म पुगेको खेलले दर्शकलाई रोमाञ्चक क्षण दिएको थियो।

यस जितसँगै नेपालले विश्वकप छनोटमा आत्मविश्वास पुनः प्राप्त गरेको छ। सन्दीप लामिछानेको बलिङमा आएको तीखोपन र टोलीबीचको समन्वयले नेपाल क्रिकेटको भविष्य अझ उज्ज्वल देखिएको छ। अब आगामी खेलहरूमा पनि यस्तै प्रदर्शन निरन्तरता दिन सके नेपालले विश्वकपमा तेस्रोपटक स्थान बनाउने लक्ष्य नजिक पुग्ने निश्चित छ।

नेपाल क्रिकेट संघ (क्यान) का लागि पनि यो जित एक प्रेरणादायी क्षण हो— जसले खेलाडीहरूमा नयाँ ऊर्जा भरेको छ। सन्दीपको पुनरागमनसँगै नेपाली क्रिकेट पुनः आफ्नो पुरानो लयमा फर्किँदैछ भन्ने सन्देश यस जितले दिएको छ।

Mahir News add

सम्बन्धित खबर

रिट दर्ता अवरोधको विरोधमा नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बाल्ने निर्णय

काठमाडौं ।  नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै विरोध कार्यक्रम घोषणा गरेको छ । बारले न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

केपी ओलीको विकल्पमा आइन् विद्या भण्डारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...