मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा

Main News Image
Mahir News add

पछिल्लो १० महिनाको अवधिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबाट ६८७ जना नेपाली नागरिकको उद्धार गरिएको सरकारले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकार परराष्ट्र मन्त्रालय ले उक्त जानकारी सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल तथा सम्बन्धित निकायहरूको समन्वयमा यसअघि ६१६ जनाको उद्धार गरिएको थियो। पछिल्लो दुई सातामा मात्रै थप ७१ जना नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काइएको उनले बताए।

उद्धार गरिएका नेपालीमध्ये सबैभन्दा धेरै ५६२ जना कम्बोडियाबाट रहेका छन्। त्यसैगरी म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। ती देशहरूमा अझै पनि नेपालीहरू फसेको हुनसक्ने अनुमान गरिएको छ।

प्रवक्ता पौडेलका अनुसार कम्बोडिया सरकारले नेपाली राजदूतावास बैंककको अनुरोधमा हालसम्म १०२ जना नेपालीको जरिबाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको जरिबाना छुटका लागि अनुरोध गरिएको छ।

दक्षिणपूर्वी एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्ड को सीमावर्ती क्षेत्रमा गैरकानुनी रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ सेन्टरहरूमा नेपालीहरू फस्ने क्रम बढिरहेको भन्दै सरकार उनीहरूको पहिचान र उद्धारमा सक्रिय रहेको जनाएको छ।

मन्त्रालयका अनुसार कम्बोडियाका विभिन्न कारागारमा २९ जना नेपाली नागरिक संगठित अपराध, मानव तस्करी तथा यातनासम्बन्धी आरोपमा थुनामा रहेका छन्। उनीहरूको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको जानकारी दिइएको छ।

त्यस्तै, म्यानमारमा थुनामा रहेका १८ जना नेपालीको कैद मिनाहाका लागि पनि प्रयास जारी रहेको र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। हाल कम्बोडिया र म्यानमारका कारागारमा गरी ४७ जना नेपाली नागरिक रहेका छन्।

 

Mahir News add

सम्बन्धित खबर

सर्वोच्च अदालतको अवस्थाप्रति नेपाल बारको सांकेतिक विरोध, दिउँसै लालटिन बालेर प्रदर्शन

नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति...

बढ्दै डेङ्गुको जोखिम: के हो डेङ्गु, यसका लक्षण र बच्ने उपायहरू के-के हुन्?

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको...

सीमा विवादले उग्र रूप लिँदा चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकाबीच सीमा क्...

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...