कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
कञ्चनपुर, १४ जेठ: मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कञ्चनपुरमा ‘अभ्यास मनसुन–६’ सम्पन्न भएको छ। भीमदत्त नगरपालिका–१२, ऐरीस्थित महाकाली नदी किनारमा नेपाली सेनाको अगुवाइमा उक्त नमूना अभ्यास गरिएको हो।
नेपाली सेनाको
बराहदल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा भएको यस
अभ्यासमा विपद्को समयमा गरिने उद्धार कार्य र क्षति न्यूनीकरणका विधिहरूको
प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
अभ्यासको मुख्य उद्देश्य र सहभागिता
बराहदल गुल्मका
गुल्मपति सेनानी अशोक शाहीले महाकाली नदी क्षेत्रमा हुन सक्ने बाढी तथा प्राकृतिक
विपद्को सामना गर्न सुरक्षा निकायहरू सदैव तयारी अवस्थामा रहेको बताए। उनले भने, "विपद्मा उद्धारका लागि नेपाली सेनाको प्राविधिक टोली आवश्यक
उपकरणसहित पूर्ण तयारीमा छ।"
उक्त नमूना
अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीले
संयुक्त रूपमा कुशलता प्रदर्शन गरेका थिए। साथै, यस कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी
संस्थाहरूले समेत सहकार्य गरेका थिए।
नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह
कार्यक्रममा
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदी तटीय
क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दालाई वर्षातको समयमा विशेष
सजग रहन आग्रह गरे। उनले नदीमा पौडी खेल्ने, रमाइलो गर्ने वा बाढीको भेलमा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्यहरू
नगर्न सर्वसाधारणलाई सचेत गराए।
उक्त कार्यक्रममा
प्रमुख जिल्ला अधिकारी मदन कोइराला, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको उपस्थिति
रहेको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
सम्भावना र चुनौतीको दोसाँधमा रेसुङ्गा नगरपालिका वडा नम्बर ६ : व्यावसायिक कृषिको आश, युवा पलायनको त्रास
लुम्बिनी प्रदेश अ...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...
टिकापुर तालिमका क्रममा बेहोस भएका ६ सशस्त्र प्रहरी उपचारका लागि काठमाडौं ल्याइँदै
कैलालीको टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन
काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...



