मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

नेपालको शानदार जित : स्कटल्याण्डलाई ६ विकेटले हराउँदै लिग–२ मा पाँचौँ स्थानमा उक्लियो

Main News Image
Mahir News add

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण छलाङ मारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

यस जितसँगै नेपाल २२ अंकसहित लिग–२ को पाँचौँ स्थानमा पुगेको छ। समान अंक भएको नामिबियालाई नेपालले नेट रनरेटमा पछि पारेको हो। नेपालले हालसम्म २७ खेल खेल्दा १० जित र १५ हार बेहोरेको छ भने दुई खेल रद्द भएका थिए।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ७४ रनको अर्धशतकीय इनिङ खेले। उनले ९८ बल सामना गर्दै पाँच चौका र दुई छक्का प्रहार गरे। इशान पाण्डेले पनि ५५ रनको योगदान दिए। उनले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे।

ओपनर आशिफ शेखले २९ रन बनाउँदा कुशल भुर्तेलले २८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

स्कटल्याण्डका बलर मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमुलेनले एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटिएको थियो। टोलीका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै ७३ रन बनाए। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। कप्तान रिचि बेरिंगटनसँग उनले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।

माइकल इंग्लिसले अविजित ५१ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याए। उनले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। जर्ज मुन्सीले २१ रन तथा मार्क वाटले २० रन बनाए।

नेपालका बलरमध्ये ललित राजवंशी सर्वाधिक सफल रहे। उनले चार विकेट लिए। सन्दीप लामिछानेले तीन विकेट झारे भने सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए।

हारका बाबजुद स्कटल्याण्ड ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।

 

Mahir News add

सम्बन्धित खबर

एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित

काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले ३ विकेटले जित हासिल गरेको छ । शनिबार त्रिवि मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाउँदै १५१ रन बनाएर...

एनपीएल क्रिकेट: चार टोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...