नेपालको शानदार जित : स्कटल्याण्डलाई ६ विकेटले हराउँदै लिग–२ मा पाँचौँ स्थानमा उक्लियो
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण छलाङ मारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १९५ रनको लक्ष्य ३८.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
यस जितसँगै नेपाल
२२ अंकसहित लिग–२ को पाँचौँ स्थानमा पुगेको छ। समान अंक भएको नामिबियालाई नेपालले
नेट रनरेटमा पछि पारेको हो। नेपालले हालसम्म २७ खेल खेल्दा १० जित र १५ हार
बेहोरेको छ भने दुई खेल रद्द भएका थिए।
नेपालको जितमा
कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ७४ रनको अर्धशतकीय इनिङ खेले। उनले
९८ बल सामना गर्दै पाँच चौका र दुई छक्का प्रहार गरे। इशान पाण्डेले पनि ५५ रनको
योगदान दिए। उनले ६१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै कुशल भुर्तेलसँग
दोस्रो विकेटका लागि १०४ रनको साझेदारी गरे।
ओपनर आशिफ शेखले
२९ रन बनाउँदा कुशल भुर्तेलले २८ रन जोडे। यी दुईले पहिलो विकेटका लागि ५८ रनको
साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।
स्कटल्याण्डका बलर
मार्क वाटले दुई विकेट लिए भने ब्रान्डन म्याकमुलेनले एक विकेट हात पारे।
त्यसअघि टस हारेर
पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटिएको
थियो। टोलीका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै ७३ रन बनाए। उनले
४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। कप्तान रिचि बेरिंगटनसँग उनले तेस्रो
विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
माइकल इंग्लिसले
अविजित ५१ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए। उनले ७१ बलमा चार
चौका र एक छक्का प्रहार गरे। जर्ज मुन्सीले २१ रन तथा मार्क वाटले २० रन बनाए।
नेपालका बलरमध्ये
ललित राजवंशी सर्वाधिक सफल रहे। उनले चार विकेट लिए। सन्दीप लामिछानेले तीन विकेट
झारे भने सोमपाल कामी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान
एक–एक विकेट लिए।
हारका बाबजुद
स्कटल्याण्ड ३८ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...
एनपिएलः आज दुई खेल हुँदै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र ल...
एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १४०...
राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य
काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै
काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...


