एमाले महाधिवेशन : सल्लाघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ । त्यसअघि र्यालीको आयोजना गरिएको छ ।
देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू बिहानैदेखि उपत्यकाका मुख्य नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन् । सवारी साधनको लामो लाइन र भीडका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा सवारीको चाप देखिन्छ ।
उद्घाटनका लागि स्टेज, सजावट, ध्वनि प्रणाली, झण्डा–ब्यानरदेखि सुरक्षासम्बन्धी सबै काम बिहानसम्म पूरा गरिएको आयोजक समितिले जनाएको छ । तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्, भने ट्राफिक प्रहरीले विशेष व्यवस्थापन लागू गरेको छ ।
स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, पानी र स्वयंसेवक परिचालन जस्ता व्यवस्थाहरूलाई पनि आज बिहानैदेखि सक्रिय बनाइएको छ । कार्यकर्ताहरूलाई सहज रूपमा बस्न र प्रवेश–निस्कन मद्दत गर्न सयौँ स्वयंसेवक खटाइएको छ । महाधिवेशनको औपचारिक प्रारम्भसँगै आगामी दिनहरूमा हुने राजनीतिक प्रतिवेदन, संगठन प्रतिवेदन, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ ।
एक्सप्रेस
सम्बन्धित खबर
झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम
झापा । जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्। ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय का सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेका अनुसार जिल्लामा थपिएका मतदाता...
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य न...
शान्ति सम्झौताका दुई दशक पूरा, अझै न्यायको पखाईमा पीडित
काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । ५ मंसीर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भयो । संक्रमणकालीन न्यायका लागि...
सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् । आज शुभ दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उ...
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब स्वीकृत
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले साढे सात अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गर...
नयाँ मतदाता संख्या २ लाख ५७ हजार नाघ्यो
काठमाडौँ । बिहीबारसम्म देशभर दुई लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता सूचीकृत भएका छन् । निर्वाचन आयोगका तथ्यांकअनुसार ९ असोजदेखि २७ कात्तिकसम्म २ लाख ५७ हजार ५०५ जनाले नयाँ नाम दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको स...



