मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

एमाले महाधिवेशन : सल्लाघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

Main News Image
Mahir News add

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ । त्यसअघि र्यालीको आयोजना गरिएको छ ।

‎देशभरिबाट आएका हजारौँ प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू बिहानैदेखि उपत्यकाका मुख्य नाकाहरू हुँदै सल्लाघारीतर्फ प्रवेश गरिरहेका छन् । सवारी साधनको लामो लाइन र भीडका कारण काठमाडौं–भक्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने अरनिको राजमार्गमा सवारीको चाप देखिन्छ ।

‎उद्घाटनका लागि स्टेज, सजावट, ध्वनि प्रणाली, झण्डा–ब्यानरदेखि सुरक्षासम्बन्धी सबै काम बिहानसम्म पूरा गरिएको आयोजक समितिले जनाएको छ । तीनवटै सुरक्षा निकाय उच्च सतर्कतामा छन्, भने ट्राफिक प्रहरीले विशेष व्यवस्थापन लागू गरेको छ ।

‎स्थल वरपर स्वच्छता, स्वास्थ्य सहायता कक्ष, पानी र स्वयंसेवक परिचालन जस्ता व्यवस्थाहरूलाई पनि आज बिहानैदेखि सक्रिय बनाइएको छ । कार्यकर्ताहरूलाई सहज रूपमा बस्न र प्रवेश–निस्कन मद्दत गर्न सयौँ स्वयंसेवक खटाइएको छ । ‎ महाधिवेशनको औपचारिक प्रारम्भसँगै आगामी दिनहरूमा हुने राजनीतिक प्रतिवेदन, संगठन प्रतिवेदन, विधान संशोधन र नेतृत्व चयन प्रक्रिया अगाडि बढाइने छ ।

Mahir News add

सम्बन्धित खबर

मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिलामाथि हातपात

काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ ।

ढुंगानाले सामाजिक सञ्जालमा लेख्दै आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको दाबी गरेका छ...

केन्द्रीय कार्यालयका घरबेटी तथा रविका विज्ञ सल्लाहकारले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगका पूर्वप्रमुख तथा केन्द्रीय कार्यालय रहेको घरधनी डा। भरतमणि देवकोटाले पार्टी त्यागेका छन्। रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीस्थित चमती–१६ मा डा। देव...

ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ

भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्...

एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएसका विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन् । शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण...

एमालेका पूर्वसांसद भट्टचन पक्राउ

काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।<...

एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरका १ र ३ मा निर्वाचन, २ मा सर्वसम्मत

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिहरू सर्वसम्मत चयन भए पनि निर्वाचन क्षेत्...