मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

Main News Image
Mahir News add

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विभिन्न मन्त्रालय तथा संसदीय दलका कार्यालयलाई चमेना गृह बन्द गर्न निर्देशन दिएको हो।

गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिसरमा रहेका चमेना गृहहरूलाई जेठ २७ गतेभित्र हटाइसक्न भनिएको छ। यसअघि २०७५ सालमै यस्ता संरचना हटाउने निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन।

यसैबीच, नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दल कार्यालय परिसरमा रहेका चमेना गृह पनि हटाइने भएका छन्। संघीय संसद् सचिवालयले दुवै दललाई १५ दिनभित्र चमेना गृह हटाउन पत्राचार गरेको छ।

 

Mahir News add

सम्बन्धित खबर

अमरसिंह चोकका अवैध टहरा हटाइयो, महानगरद्वारा डोजर परिचालन

पाेखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोक क्षेत्रका सटर...

दुर्गा प्रसाईंको दाबी __ फागुन २१ मा निर्वाचन हुँदैन

काठमाडौँ । विवादित व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नहुने दाबी गरे । शनिवार एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी जात एउटै रहेको टिप्पणी...

समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...