सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै
काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विभिन्न मन्त्रालय तथा संसदीय दलका कार्यालयलाई चमेना गृह बन्द गर्न निर्देशन दिएको हो।
गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा सञ्चार तथा सूचना प्रविधि
मन्त्रालय परिसरमा रहेका चमेना गृहहरूलाई जेठ २७ गतेभित्र हटाइसक्न भनिएको छ।
यसअघि २०७५ सालमै यस्ता संरचना हटाउने निर्णय भए पनि कार्यान्वयन हुन सकेको थिएन।
यसैबीच, नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दल कार्यालय परिसरमा
रहेका चमेना गृह पनि हटाइने भएका छन्। संघीय संसद् सचिवालयले दुवै दललाई १५
दिनभित्र चमेना गृह हटाउन पत्राचार गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...
पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं–
रोल्पामा दुई वटा सकेट बम फेला, सुरक्षाटोलीद्वारा नियन्त्रणमा
रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा क्षेत्रमा दुई वटा सकेट बम फेला परेका छन्। पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान मजदुरहर...
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...
समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...



