मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

Main News Image
Mahir News add

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको सुरक्षाकर्मीको टोली, रेसुङ्गा नगरपालिकाको दमकल तथा स्थानीयवासी संयुक्त रूपमा परिचालन भएका थिए । कठिन भौगोलिक अवस्था र हावाहुरीका बीच गरिएको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।

समयमै दमकल परिचालन गरिएकाले मानवीय क्षति तथा घरवास जोगाउन सहयोग पुगेको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणमा सहयोग पुर्‍याएको भन्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, उपमेयर अमृता देवी कुँवर, दमकल चालक कमलसहितको टोली तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरिएको छ ।

Mahir News add

सम्बन्धित खबर

समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...

उज्यालोको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्य...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...

स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...

शिक्षक सेवा आयोगको लिखित परीक्षा केन्द्र परिवर्तन

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प...