रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्यो
गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको सुरक्षाकर्मीको टोली, रेसुङ्गा नगरपालिकाको दमकल तथा स्थानीयवासी संयुक्त रूपमा परिचालन भएका थिए । कठिन भौगोलिक अवस्था र हावाहुरीका बीच गरिएको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।
समयमै दमकल परिचालन गरिएकाले मानवीय क्षति तथा घरवास जोगाउन सहयोग पुगेको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणमा सहयोग पुर्याएको भन्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, उपमेयर अमृता देवी कुँवर, दमकल चालक कमलसहितको टोली तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...
एमालेमा हलचल, तर खुल्न डर
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यक...
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन् ।
दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यक...
पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं–
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...


