मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

कृषि आधुनिकीकरण र किसान सम्मान आजको आवश्यकता : राष्ट्रपति रामचन्द्र पौडेल

Main News Image
Mahir News add

रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास र किसानको सम्मानलाई राष्ट्रको प्राथमिक एजेन्डा बनाउनुपर्ने बताएका छन्।

कृषि, वन तथा वातावरण मन्त्रालयले शुक्रबार आयोजना गरेको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले देशको समृद्धि कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे। उनले किसानको मेहनत र समर्पणले नै मुलुकको अर्थतन्त्रलाई बलियो बनाएको बताए।

राष्ट्रपति पौडेलका अनुसार कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधार हो। उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकाससँगै कृषि पेसालाई थप मर्यादित र आकर्षक बनाउनुपर्नेमा जोड दिए।

उनले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, उत्पादनको उचित बजारीकरण तथा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। राज्य, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य भए कृषि क्षेत्रलाई रोजगारी र आर्थिक समृद्धिको मुख्य आधार बनाउन सकिने उनको भनाइ थियो।

युवाशक्तिको ऊर्जा र आधुनिक प्रविधिको उपयोगमार्फत कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उल्लेख गर्दै उनले कृषकको सम्मान, कृषि पेसाको संरक्षण र आधुनिकीकरणलाई समयको अपरिहार्य आवश्यकता भएको बताए।

कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषकहरू राष्ट्रका सच्चा संवाहक भएको धारणा राखे।

 

Mahir News add

सम्बन्धित खबर

लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले केहि थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गरेका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्र...

पत्नीलाई स्वकीय सहसचिव बनाएपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको आलोचना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिएको भन्दै आलोचना भएको छ । उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई गत असोज २ गते प्रधानमन...

आइजिपीलाई गृहमन्त्रीको फोन : सिराहा घटनाबारे निष्पक्ष अनुसन्धान गर्नू

काठमाडौँ । सिराहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा सामसुम पार्न खोजिएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निष्पक्ष जाँच...

केन्द्रीय समिति स्थगित गरेका कांग्रेस नेता धोबीघाटमा जुट्दै

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ । महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्...

प्रचण्ड र गोपाल किरातीबीच एकता घोषणा

काठमाडौँ । नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण...

कात्तिक २० गते काठमाडौंमा प्रदर्शन गर्ने विप्लव नेकपाको तयारी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन र सभा गर्ने भएको छ । सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्‍याली निकाल्ने नेता सन्तोष बुढा...