उत्कृष्ट सेवाका लागि डिआइजी ओम अधिकारी र एसएसपी नवराज अधिकारीलाई सम्मान
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले
काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थापन र ट्राफिक सुधारमा उल्लेखनीय योगदान पुर्याएको
भन्दै डिआइजी ओम अधिकारी तथा एसएसपी नवराज अधिकारीलाई पुरस्कृत गरेका छन् ।
प्रहरी संगठनले
उपत्यकाको शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित
बनाउन महत्वपूर्ण भूमिका खेलेका कारण दुवै अधिकृतलाई सम्मान गरिएको जनाएको छ ।
बढ्दो सुरक्षा चुनौतीका बीच उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई प्रोत्साहन
गर्ने नीति अनुसार पुरस्कार प्रदान गरिएको बताइएको छ ।
डिआइजी ओम
अधिकारीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने, प्रहरी परिचालनलाई तीव्र र व्यवस्थित बनाउने तथा संगठित अपराध नियन्त्रणमा
प्रभावकारी नेतृत्व गर्दै आएका छन् । चोरी, डकैती, लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि
नियन्त्रणका लागि उनले अपनाएका रणनीतिले सकारात्मक परिणाम दिएको प्रहरी अधिकारीहरूको
भनाइ छ । साथै, समुदायसँग प्रहरीको सम्बन्ध मजबुत बनाउन उनले
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि प्राथमिकता दिएका छन् ।
त्यसैगरी, एसएसपी नवराज अधिकारीको नेतृत्वपछि काठमाडौं
उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको बताइन्छ । ट्राफिक जाम
न्यूनीकरण, दुर्घटना नियन्त्रण, नियम उल्लंघन गर्ने सवारीमाथि निगरानी तथा
जनचेतनामूलक अभियान सञ्चालनमा उनले विशेष सक्रियता देखाएका छन् ।
एसएसपी अधिकारी
आफैं सडकमा खटिएर ट्राफिक व्यवस्थापनको अवस्था अनुगमन गर्ने, चालक तथा यात्रुसँग प्रत्यक्ष संवाद गर्ने र
ट्राफिक प्रहरीलाई उत्प्रेरित गर्ने कार्यमा सक्रिय रहने गरेका छन् । यसले ट्राफिक
प्रहरीको कार्यशैलीलाई थप जिम्मेवार र सेवामुखी बनाएको धेरैको धारणा छ ।
उनको नेतृत्वमा
ट्राफिक नियम उल्लंघन गर्ने सवारीमाथि नियमित कारबाही अभियान सञ्चालन हुनुका साथै
सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाइएको छ ।
उपत्यकाका मुख्य सडकमा ट्राफिक व्यवस्थापन सुधारका लागि गरिएको सक्रियताले
सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
डिआइजी ओम अधिकारी
र एसएसपी नवराज अधिकारी यसअघि पनि विभिन्न सरकारी तथा सामाजिक संस्थाबाट सम्मानित
हुँदै आएका छन् । प्रहरी संगठनले प्रदान गरेको यो पुरस्कारले अन्य प्रहरी
कर्मचारीलाई समेत उत्कृष्ट काम गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेलहोलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै...
प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...
स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...
समृद्ध कर्णालीको लक्ष्यसहित आगामी बजेट ल्याइने : मन्त्री शाह
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहले आग...


