काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट ५७ लाखको धनमाल चोरी
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट सोमबार एकैदिन लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न पाँच स्थानबाट सुनका गरगहना र नगदसहित करिब ५७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगार्क कोठाबाट रु २ लाख ९१ हजार र तारकेश्वर–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु ३ लाख ७७ हजार बराबरको चोरी भएको छ। यस्तै, काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुनचाँदीका गरगहना र ल्यापटप गरी करिब रु ७ लाख ४० हजार बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि ठूलो परिमाणमा चोरी भएको छ। महालक्ष्मी–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु ४ लाख ४ हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट सबैभन्दा बढी रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...
नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...
नेपालको मौसम आज बदली
अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?
सप्तरीमा पुजारीको गोली हानि हत्या
सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...
चोरीको गाडी प्रयोग गर्दै मधेस प्रदेश ट्राफिकका एसपी सिलवाल
रौतहट । मधेस प्रदेशका ट्राफिक प्रमुख राजकुमार सिलवाल विवादको घेरामा परिरहने एक प्रहरी अधिकृत हुन् । विभिन्न समयमा कारबाहीमा परेका उनी अहिले पुनः चोरीको गाडी काण्डमा मुछिएका छ्न् । त्यसो त सिलवालले मधेस प्रदेशका ट्राफिक...



