मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

शरद भेसवाकरले लिए नेपाली क्रिकेट टोलीबाट सन्यास

Main News Image
Mahir News add

काठमाडौँ । शरद भेसवाकरले नेपाली क्रिकेट टोलीबाट सन्यास लिएका छन् । हङकङ सिक्सेस खेलेसँगै शरदले आज टोलीबाट सन्यास लिएका हुन् । सन् २०१४ मा नेपालले आईसीसी टी– २० विश्वकप खेल्दा र सन् २०१८ मा नेपालले पहिलोपटक एकदिवसीय क्रिकेट खेल्दा शरद टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।

उमेर समूहदेखि सिनियर टोलीसम्मा योगदान गरेका शरद २०२२ देखि राष्ट्रिय टोलीमा छैनन् । उनले सामाजिक सञ्जालमा नेपाली क्रिकेट संघ क्यानलाई धन्यवाद दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले धन्यवाद दिएका छन् । रोहितले आफू उनको शान्त स्वभावको अनुयायी भएको बताएका छन् । ‘शरद दाई, नेपाली क्रिकेट खेलाडीको रुपमा दिनुभएको योगदानका लागि धेरै–धेरै धन्यवाद । धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ, खेल मैदानभित्र हजुरहरूको शान्त स्वभावको म सधैं अनुयायी हुँ । क्रिकेटको दोस्रो इनिङका लागि शुभकामना दाई’, रोहितले भने ।

Mahir News add

सम्बन्धित खबर

एनपिएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलमा सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो । सुदूरपश्चिमले दिएको १४०...

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

काठमाण्डौँ । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२...

एनपीएल क्रिकेट: चार टोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...