गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण
गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको समयमा आएको भीषण हावाहुरीका कारण विशेषगरी नेटा, दर्लिङ, अर्खबाङ, छापहिले, घमिर तथा मर्भुङको उपल्लो भेगका बस्तीहरू सबैभन्दा बढी प्रभावित बनेका हुन्स्थानीय जानकारीअनुसार करिब १५० घरधुरीका छाना उडेको छ भने करिब ६०० नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै परिवारको खाद्यान्न नष्ट हुनुका साथै खेतबारीमा लगाइएका बालीनालीमा समेत ठूलो क्षति पुगेको बताइएको छ। घरविहीन बनेका धेरै नागरिक अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
हावाहुरीको असर जिल्लाका अन्य स्थानीय तहमा पनि परेको जनाइएको छ। इस्मा गाउँपालिका र मुसिकोट नगरपालिका मा समेत नागरिकका घरमा क्षति पुगेको स्थानीय स्रोतले जनाएको छ। यद्यपि सबैभन्दा बढी प्रभावित क्षेत्र मालिका गाउँपालिका रहेको बताइएको छ।
स्थानीयवासीले पीडित परिवारलाई तत्काल राहत, खाद्यान्न, लत्ताकपडा तथा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा पुनर्स्थापनाको प्रक्रिया शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। प्रभावित नागरिकहरूले राज्य भएको अनुभूति गर्न सकून् भन्ने व्यवस्था यथाशीघ्र मिलाउन आग्रह गरेका छन्।
यसैबीच, गोविन्द पन्थी ले आज संसदमा आकस्मिक समय लिएर हावाहुरीबाट प्रभावित नागरिकका लागि तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले विशेषगरी मालिका गाउँपालिकामा ठूलो क्षति भएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो।
सांसद पन्थीले संसदमा बोल्दै “भिजिट भिसा” प्रकरणमार्फत नेपाली महिलाहरू मानव तस्करीको जोखिममा परेको विषयमा पनि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपाली महिलाहरूलाई विभिन्न प्रलोभनमा पारेर विदेश लैजाने कार्य बढ्दै गएको भन्दै मानव तस्करी नियन्त्रणका लागि कडा निगरानी र प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दक्षिणपूर्वी एसियाबाट ६८७ नेपालीको उद्धार, थप नागरिक अझै जोखिममा
सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै
काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...
पशुपतिनाथमा भारतीय गृहमन्त्रीको विशेष भेटी: श्रीयन्त्र पूजाका लागि ४० किलो चन्दन प्रदान
काठमाडौं–
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...
आज देशभरको मौसम मुख्यतया सफा रहने
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...



