मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ ढुवानी गरे कारबाही हुने

Main News Image
Mahir News add

गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोजनका लागि वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा मासु, माछा, दूध, दही लगायतका खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा वा सामान्य प्लास्टिकमा राखी ढुवानी गर्ने कार्य बढेको गुनासो तथा अनुगमनका क्रममा फेला परेको जनाएको छ।

नगरपालिकाका अनुसार यस्तो कार्यले खाद्य स्वच्छता, गुणस्तर तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै प्रचलित खाद्य स्वच्छता सम्बन्धी कानुन र मापदण्डको समेत उल्लंघन हुने गरेको छ।

यसलाई नियन्त्रण गर्न नगरपालिकाले अबदेखि खाद्य तथा दुग्धजन्य पदार्थको ढुवानी गर्दा अनिवार्य रूपमा स्वच्छ, सुरक्षित, चुहावट नहुने तथा तोकिएको मापदण्डअनुसारका कन्टेनर, क्रेट, बक्स वा उपयुक्त प्याकेजिङ सामग्री प्रयोग गर्न सबै व्यवसायी, व्यापारी, उत्पादक तथा ढुवानीकर्तालाई निर्देशन दिएको छ।

नगरपालिकाले जारी सूचनाको अवज्ञा गर्दै खुला, असुरक्षित वा अस्वस्थकर तरिकाले खाद्य तथा दुग्धजन्य पदार्थ ओसारपसार गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुगमन गरी जरिवाना, वस्तु जफत तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

नगरपालिकाले खाद्य सुरक्षासम्बन्धी विषयमा सर्वसाधारणलाई समेत सचेत रहन आग्रह गरेको छ। सूचना रेसुङ्गा नगरपालिकाका अधिकृत सातौं सुरेश खनालद्वारा जारी गरिएको हो।

Mahir News add

सम्बन्धित खबर

सिंहदरबारका अस्थायी चमेना गृह हटाइँदै

काठमाडौं । सिंहदरबार परिसरभित्र अस्थायी टहरामा सञ्चालन भइरहेका चमेना गृह हटाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलपछि संघीय सचिव...

मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ

काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...

ओलीलगायतको राहदानी रोक्का र स्थानहद विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

एमालेमा हलचल, तर खुल्न डर

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

बेलायतमा नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत फेला

काठमाण्डौँ । लन्डनमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सल्यानको भल्चौर ७ का योमन चन्दको मंगलबार बिहान ९ः३० बजे लन्डन एजवेयरमा निधन भएको हो । एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका योमनको सुतेकै अवस्थामा ज्यान गएको उनीसँगै बस्ने मनोज कुँवरल...