आजदेखि देशभर मौसम बदली, धेरै क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । देशका विभिन्न क्षेत्रमा आजदेखि मौसम बदली भई वर्षाको सम्भावना बढेको छ । गएरातिदेखि नै केही स्थानमा पानी परिरहेको छ भने आगामी केही दिनसम्म मौसम प्रणाली सक्रिय रहने मौसमविद्ले बताएका छन् ।
हाल पश्चिमी वायु, स्थानीय
वायु तथा नेपालको
पूर्वी भूभाग नजिक
रहेको न्यूनचापीय क्षेत्रको
प्रभावका कारण देशका
अधिकांश स्थानमा वर्षा
हुने अवस्था बनेको
हो ।
जल तथा मौसम
विज्ञान विभागका अनुसार
आज दिउँसो देशभर
सामान्यदेखि पूर्ण बदली
रहनेछ । गण्डकी,
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम
प्रदेशका पहाडी तथा
हिमाली क्षेत्रमा मेघगर्जन
र चट्याङसहित मध्यम
वर्षाको सम्भावना रहेको
छ । साथै मधेस, कोसी
र वाग्मती प्रदेशका
केही तराई क्षेत्रमा
पनि वर्षा हुन
सक्ने जनाइएको छ
।
विभागले सुदूरपश्चिम, कर्णाली र
लुम्बिनी प्रदेशका केही स्थानमा
हावाहुरी चल्न सक्ने
चेतावनी दिएको छ । पछिल्ला
केही दिनदेखि अत्यधिक
गर्मी महसुस भएका
क्षेत्रहरूमा पनि वर्षाले
मौसम केही शीतल
बनाउने अनुमान गरिएको
छ ।
रातिको समयमा पनि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहने विभागले जनाएको छ । तराईका केही क्षेत्रमा पनि चट्याङसहित पानी पर्न सक्ने सम्भावना छ ।
मौसमविद्हरूका अनुसार सोमबारसम्म यो प्रणाली सक्रिय रहनेछ । पश्चिम नेपालबाट सुरु भएको प्रभाव क्रमशः गण्डकी, कोसी र मधेस प्रदेशसम्म फैलिने अनुमान गरिएको छ । केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ
एक्सप्रेस
सम्बन्धित खबर
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम्...
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड
गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
आजको मौसम कस्तो रहला ? आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने
काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा...



