मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सामान्य अंक बढेर बन्द भयो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

Main News Image
Mahir News add

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज हिमालयन पावर पाटर्नरको सर्वाधिक १६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँ र तेस्रोमा यूनियन हाइड्रोपावरको १३ करोड ३० लाख  रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

 

Mahir News add

सम्बन्धित खबर

देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा

काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...

पेट्रोलियम पदार्थको मूल्यमा घटबढ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य मिलान गर्दा डिजेल र मट्टिेतेलको भाउ घटेको छ भने हवाई इन्धनको भाउ बढेको छ । डिजेल र मट्टितेल...

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

काठमाडौँ । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थ...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६...

३५ उद्योग तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता

काठमाडौँ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन्। यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्य...

पेट्रोलियम पदार्थको भाउ घटबढ

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटबढ भएको छ । नेपाल आयल निगमका अनुसार इन्डयन आयल कर्पोरेशनले डिजेल र मट्टितेलको भाउ घटाएर पठाएको छ भने पेट्रोलको भाउ बढाएर बढाएको छ । 

सो अनु...