मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

अनुगमनको नाममा बदनाम गर्ने प्रयास? कोहलपुर डेन्टल अस्पताल प्रकरणले उठायो निष्पक्षताको प्रश्न

Main News Image
Mahir News add

 कोहलपुर डेन्टल अस्पताल प्रकरणः एकपक्षीय समाचारले संस्थाको छविमा असर परेको दाबी

कोहलपुर, जेठ २६ — बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर डेन्टल अस्पतालले नेपाल मेडिकल काउन्सिलको हालैको अनुगमनपछि केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल व्यवस्थापनले अनुगमनका क्रममा कुनै सेवा बन्द गर्न, कारबाही गर्न वा अस्पताल सिलबन्दी गर्न निर्देशन नदिइएको स्पष्ट पारेको छ।

अस्पताल सञ्चालकका अनुसार संस्था स्थानीय सरकारबाट प्राप्त अनुमति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सञ्चालन हुँदै आएको छ। संघीय संरचना लागू भएपछि प्रदेश सरकारबाट समेत अनुमति लिनुपर्ने व्यवस्था बनेकाले सो प्रक्रिया पूरा गर्ने चरणमा रहेको अस्पतालले जनाएको छ।

नेपाल मेडिकल काउन्सिलको टोलीले सोमबार कोहलपुर क्षेत्रका विभिन्न डेन्टल स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। अस्पताल व्यवस्थापनका अनुसार अनुगमन टोलीले सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा कानुनी प्रक्रियासम्बन्धी आवश्यक सुझाव दिएको र प्रदेशस्तरीय अनुमति प्रक्रिया छिटो पूरा गर्न आग्रह गरेको थियो।

तर अनुगमनपछि प्रकाशित केही समाचारमा अन्य संस्थाहरूको नाम उल्लेख नगरी कोहलपुर डेन्टल अस्पतालको नाम र तस्वीरलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको भन्दै अस्पतालले आपत्ति जनाएको छ। व्यवस्थापनका अनुसार यसले संस्थाको प्रतिष्ठामा असर पार्नुका साथै सर्वसाधारणमा भ्रम सिर्जना गरेको छ।

अस्पतालले तथ्यमा आधारित र सन्तुलित सूचना सम्प्रेषण गर्न सञ्चार माध्यमसँग आग्रह गरेको छ।

 

Mahir News add

सम्बन्धित खबर

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

नालामा ‘स्वच्छ दूध’ को सन्देश : विश्व दूध दिवस सप्ताहमा किसानसँग डेरी क्षेत्रको संवाद

काभ्रेपलाञ्चोकको ऐतिहासिक नाला क्षेत्रमा विश्व दूध दिवस २०८३ को अवसर पारेर “स्वच्छ दूध उत्पादन” विषयक एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । नेपाल डेरी ए...

स्वास्थ्य संस्थाको अनुगमनपछि उठ्यो प्रश्नः सुधारका लागि कि बदनाम गर्न?

कोहलपुर, जेठ २६ — कोहलपुर क्षेत्रमा सञ्चालित दन्त स्वास्थ्य संस्...

प्राणघातक रेबिजबाट कसरी बच्ने? जान्नुहोस् लक्षण र उपचार

मानव र पशु दुवैको ज्यान लिन सक्ने भयानक रोग 'रेबिज' आज पनि जनस्वास्थ्यको लागि...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।