मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

क्रिकेटले ल्याएको खुसी

Main News Image
Mahir News add

काठमाण्डौँ । नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्यावश्यक पनि थियो । हाल राजनीतिक अस्थिरताले मात्र चर्चामा रहने नेपालको चर्चा राम्रो कारणले विश्वमा भयो ।

 यसका लागि नेपाली क्रिकेटलाई धन्यवाद दिनै पर्छ । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ । नेपाल प्रतियोगितामा अपराजित एक मात्र टिम हो । समूह चरणमा जापान र कुवेतलाई हराएपछि नेपालले सुपर सिक्समा घरेलु टिम ओमान, संयुक्त अरब इमिरेट्स ९युएई० र कतारलाई पनि घुँडा टेकायो । अब तुलनात्मक रूपमा कमजोर सामोआलाई शुक्रबार हराएमा नेपाल च्याम्पियन बन्ने छ । 

त्यसैले भन्न सक्छौँ, नेपाल यस ग्लोबल छनोट प्रतियोगिताको ट्रफीको सँघारमा छ । नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको हो । नेपालले विश्वकपमा पहिलो सहभागितामै अनपेक्षित रूपमा तीन दुई खेल जितेर विश्वलाई प्रभावित पारेको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थकको हरेक पटक नेपालले अर्को विश्वकप क्रिकेट खेल्ने छ भन्ने अपेक्षा रह्यो तर नेपाललाई अर्को विश्वकप खेल्न १० वर्ष लाग्यो । 

नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको पछिल्लो विश्वकप खेलेको हो । सो विश्वकपमा पनि नेपालको चर्चा चुलिएको थियो । नेपाली क्रिकेटले अब पुनः विश्वकपको मञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाएको छ । 

जारी विश्वकप छनोटमा गरेको प्रदर्शन र यसअघि दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि आगामी विश्वकपमा नेपाल हेर्नलायक टिमको रूपमा रहने पक्का छ । विश्वकप छनोटमा असाधारण प्रदर्शनका लागि घरेलु क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट सङ्घ ९क्यान० लाई पनि प्रशंसाको हकदार छ । क्यानले विश्वकपको तयारीस्वरूप यस पटक साँच्चिकै उल्लेखलायक तयारी गरेको थियो । विश्वकप छनोटका लागि नेपालले भारतमा प्रशिक्षण गरेको थियो । त्यसपछि करिब एक महिना लामो अस्ट्रेलिया भ्रमणमा नेपाल क्रिकेट टिम रह्यो । 

सो भ्रमणमा नेपालले विश्वका ११ स्तरीय टिम सहभागी भएको टप एन्ड टी–२० सिरिजमा खेलेको थियो । यही महिना क्यानले विश्वकप छनोटकै तयारीस्वरूप युएईमा दुई पटकको विश्वपविजेता वेस्ट इन्डिजसँगको द्विपक्षीय शृङ्खला आयोजना ग¥यो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो । ठुला राष्ट्रसँगको पहिलो शृङ्खला नै जितेर नेपालले ठुलो उपलब्धि प्राप्त गरेको थियो । यी नतिजाबाटै नेपाली टिम विश्वकप छनोट खेल्न उच्च मनोबलसहित ओमान गएको थियो । विशेष गरी टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितले नेपाली खेलाडीमा जुनसुकै टिमलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । नभन्दै नेपालले विश्वकप छनोटमा प्रतियोगिताकै नम्बर एक टिमको रूपमा आफूलाई प्रस्तुत ग¥यो ।


विश्वकपको कठिन बाटो तय गर्न क्यानले जसरी योजना बनायो, त्यसले क्यान सक्षमता र दूरदर्शितालाई पनि देखाएको छ । विगतमा नेपाली क्रिकेटको उपलब्धिमा प्रशिक्षक र खेलाडीहरूको मेहनत, त्याग र तपस्याले मात्र सम्भव भएको हो भन्ने गरिन्थ्यो । नेपालले पहिलो पटक विश्वकप खेल्दा क्यान अस्थिर थियो । सन् २०१६ मा त क्यान आइसिसीको प्रतिबन्धमै परेको थियो तर अहिले क्यान एक नेपालको उदाहरणीय सङ्घ बनेको छ । यसपालिको सफलता खेलाडी र प्रशिक्षकको कारणले मात्र होइन क्यानको व्यवस्थापन चुस्तता, योजना र दूरदर्शिताले सम्भव भएको हो भन्दा फरक पर्दैन । अबको लक्ष्य झन् स्पष्ट छ आगामी विश्वकपमा ठुला क्रिकेट राष्ट्रविरुद्धको जित, जुन पक्कै पनि सहज छैन । यद्यपि क्यानसँग करिब चार महिनाको समय छ । 

यस समयमा क्यान अझ योजनाबद्ध ढङ्गले अगाडि बढ्न जरुरी छ । नेपाली क्रिकेटलाई आफूभन्दा बलियो राष्ट्रसँगको क्रिकेट शृङ्खला विश्वकपका लागि तयारीको सबभन्दा राम्रो पहल हुन सक्छ । एसोसिएट राष्ट्रले लामो समयसम्म सफलतालाई बनाइ राख्न सकेको इतिहास छैन । विश्वकप खेलिसकेका केन्या, बर्मुडा जस्ता देश यसका ज्वलन्त उदाहरण हुन् तर नेपाललाई विश्वले यस सूचीमा राखेको छैन । विश्व क्रिकेटले नेपाललाई टेस्ट मान्यताप्राप्त गर्न सक्ने टिमका रूपमा लिएको छ । नेपालमा क्रिकेटको संस्कृति छ । त्यसैले अब नेपाली क्रिकेट संस्कृतिलाई जोगाउने र विश्वकपमा थप परिष्कृत बनाउने ठुलो जिम्मेवारी क्यानसँगै सरकारको पनि रहेको छ ।

 

Mahir News add

सम्बन्धित खबर

पब्जी खेलेरै ‘किलर वाईटी’ ले परिवारलाई दिएको खुसी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

एमालेमा हलचल, तर खुल्न डर

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

राजमार्गले चोला फेर्‍यो, हर्षले सास्ती बिर्सायो

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

सहकार्यको अवसर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापीका–संसदमा दर्ता महाभियोग प्रस्तावमाथी ९ कात्तिकबाट शुरु भएको छलफलले २५ गतेबाट निरन्तरता पाउनेछ । यसबीचमा परेको तिहार र छठ...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।