मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

बजेटपछि सुनको मूल्यमा ठूलो उछाल, तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Main News Image
Mahir News add

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुन, चाँदी तथा हिराजन्य गहनामा लाग्ने कर र भन्सार शुल्कमा संशोधन गरेपछि बजारमा सुनको मूल्य उच्च दरले बढेको अनुमान गरिएको छ।

बजेटमा गरिएको नयाँ व्यवस्थाअनुसार सुन र चाँदीमा समान रूपमा २० प्रतिशत भन्सार शुल्क तथा हिरामा ५ प्रतिशत भन्सार दर कायम गरिएको छ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ३०५ रुपैयाँले महँगिएर ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।

Bottom of Form

 

Mahir News add

सम्बन्धित खबर

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको...

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा...

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मंसिर ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन...

बिहीबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँम...