मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

खाद्यान्न आयात घट्दा वीरगन्ज नाकाको कारोबार खुम्चियो

Main News Image
Mahir News add

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु २० अर्ब ७९ करोड बराबरको खाद्यान्न आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले कम हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको १० महिनामा यस नाकाबाट रु २४ अर्ब ६६ करोड मूल्यका १६ प्रकारका खाद्यान्न आयात भएका थिए। चालु आर्थिक वर्षमा भने खाद्यान्न आयातको मूल्यमा उल्लेख्य गिरावट आएको छ, जसको असर भन्सार कारोबारमा पनि परेको देखिएको छ।

तथ्याङ्कअनुसार चालु आवमा रु १० अर्ब ९४ करोड मूल्यको धान आयात भएको छ भने रु पाँच अर्ब ३१ करोड बराबरको मकै र रु दुई अर्ब ८५ करोड मूल्यको चामल भित्रिएको छ।

यसैगरी रु ५९ करोड मूल्यको माल्ट तथा रु ३३ करोड बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

खाद्यान्न आयातमा आएको कमीले वीरगन्ज नाकाको समग्र कारोबारमा समेत संकुचन देखिएको छ। यद्यपि धान, मकै र चामलजस्ता मुख्य खाद्यान्नको आयात भने अझै उच्च मात्रामै रहेको भन्सारको तथ्याङ्कले देखाएको छ।

 

Mahir News add

सम्बन्धित खबर

बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि

काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतय...

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेक...

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ। 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...

शुक्रबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...