प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्। शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए। उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले भने, ‘नेपाल प्रहरीलाई साधन स्रोतले सुसजित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा छ। समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने भएका कारण प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्र नभई सरकारप्रतिको धारणा र त्यसको प्रतिक्रियामा समेत प्रहरी निसानामा पर्ने गरेको छ । ’
यस्तै, नेपाल प्रहरी संगठनलाई पर्याप्त स्रोत साधन उपलब्ध नभएमा फागुन २१ गतेको चुनाव प्रभावित हुने कुरामा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको भन्दै यसको लागि कामहरु गर्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सेनाले आफ्नो मोबाइल सिज गरिदिएको ओलीको खुलासा
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले सो जनाकारी गराएका हुन् ।
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु ग...
सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि...
विवाहपञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । विवाहपञ्चमी पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम–सीताको पूजा आराधना गरी विवाह पञ्च...
उच्च पदस्थ व्यक्तिको धमाधम बयान लिँदै आयोग,आज आइजिपी कार्कीको पालो
काठमाडौँ । जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले उच्च पदस्थ व्यक्तिहरुलाई बयानका लागि बोलाउन थालेको छ । आयोगको म्याद सकिन लाग्दा उच्च पदस्थ व्यक्तिहरुलाई बयानमा बोलाउन थालेको हो। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न...
फागुन २१ को निर्वाचनमा करिब साढे सात अर्ब खर्च हुने अनुमान
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले हाल चुनाव तयारीका क्रममा प्रारम्भिक बजेट तयार पारेको छ । बजेटको अन्तिम टुङ्गो भने...


