मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

सहकार्यको अवसर

Main News Image
Mahir News add

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापीका–संसदमा दर्ता महाभियोग प्रस्तावमाथी ९ कात्तिकबाट शुरु भएको छलफलले २५ गतेबाट निरन्तरता पाउनेछ । यसबीचमा परेको तिहार र छठ पर्व, भारतीय राष्ट्रपतिको भ्रमण तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणका कारण यतीका समय संसद वैठक रोकिने बुझ्न्छि ।

महाभियोगको प्रस्ताव दर्ता भएसँगै अदुअआ प्रमुख कार्की निलम्बनमा परेकाले आयुक्तमध्येकै दीप बस्नेतले सबै अर्थात् पाँच आयुक्तको वैठकबाट कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका छन् । त्योसँगै कार्कीद्धारा विषयगत विज्ञका नाममा नियुक्त व्यक्तिहरुलाई विदा दिइएको छ भने कार्कीको निजी सचिवालयमा खटाईएका प्रहरी अधिकृतहरुमध्ये अधिकांशलाई त्यहिँको प्रहरी डिभिजनमा फिर्ता पठाइएको छ । व्यक्तिगत प्रतिशोधका लागि कार्कीले चलाएको जासूसी संयत्रलाई पनि भंग गरिएको सूचना सार्वजनिक खपतमा आएको छ । यी सूचनाहरुले भ्रष्टाचार रोक्ने वहनामा प्रहरी–प्रशासनदेखी नागरीक–बौद्धिक तप्कासम्लाई अवैध प्रहार गरिरहेका कार्की द्रुत अवनतिमा छन् भन्ने सन्देश दिएका छन्, जुन अस्वभाविक होईन ।

महाभियोग दर्ताबाट मात्र न कार्कीबाट भएको अत्याचारबाट प्रताडित व्यक्ति, संस्था र समाजले न्याय पाउँछ न त उनी यो हद्सम्म कसरी पुग्न सके भन्ने प्रश्नको जवाफ मिल्नेछ । संवैधानिक निकाय अदुअआका पछिल्ला निर्णयहरुले कावा प्रमुख बस्नेतलाई आवश्यक नपार्ने विज्ञमण्डली निलम्वित प्रमुख कार्कीलाई किन चाहिएको भन्ने प्रश्न उब्जाएको छ । कार्कीको निजी सचिवालयमा त्यतीका प्रहरीवलको प्रयोग कुन प्रयोजनमा गरियो रु त्यो पोष्टिङकालागी प्रहरी नेतृत्व किन सहमत भयो रु देशको सुरक्षा क्षेत्रमा सम्वेदनशील मानिने जासूसी संयत्रको आवश्यकता भ्रष्टाचार केलाउने निकायमा किन प¥यो रु तिनको उपयोग केमा गरियो रु कार्कीको निलम्बनपश्चात अदुअआबाट भएका निर्णयहरुले उत्पन्न गरेका यी र यस्ता प्रश्नहरुको जवाफ व्यवस्थापिका–संसदमा महाभियोगको छानविनकालागी मात्र नभई अदुअआ पुर्नगठन वा भोली भ्रष्टाचार अनुसन्धान गर्ने अर्को निकाय आवश्यक भएको खण्डमा पनि अत्यावश्यक छ ।

२०६२÷०६३ को जनआन्दोलनपछि पुनरुत्थानवादीहरुको नाईके बन्दै थिए, लोकमानसिंह कार्की । हाम्रो बुझईमा– गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, सामेली राज्य संरचना लगायतका उपलब्धीलाई आत्मासात गर्न नसकेका शक्तिहरुकै बलमा भएको थियो, अदुअआ प्रमुखमा कार्कीको नियुक्ती । संस्थागत हुँदै गएका परिवर्तनलाई ‘डिरेल’ गराउने त्यसको उद्देश्य थियो । त्यसकालागी संविधान जारी भएसँगै मुलकको केहि तप्कामा उत्पन्न असन्तोष सल्टाउन नसकिरहेको संविधान पक्षधर दलहरुको नेतृत्वमा भ्रष्टाचारको दाग लगाउँनुपर्ने थियो । राजनीतिक नेतृत्वको कमजोरी समातेर समानान्तर सत्ताको अभ्यास थालेका कार्कीले यसकैलागी राज्यका तीनै अंग– व्यवस्थापीका, न्यायपालीका र कार्यपालिकालाई चुनौती दिन थाले । संसदीय समितीले बोलाउँदा नजाने र न्यायालयलाई नटेर्नेदेखि विदेश भ्रमणमा रहेका प्रधानमन्त्रिमाथी भ्रष्टाचार मुद्दा चलाउनेसम्मका सार्वजनिक बयानबाजीबाट राज्यका तीनै अंगलाई चुनौती दिए, कार्कीले ।

डेलिभरी हुन नसकेपनि २०६२÷०६३ को जनआन्दोलन र त्यसको नेतृत्व राजनीतिशास्त्रको भाषामा–लेफ्ट टु दि सेन्टरमा थियो, छ । जसले यस मुलुकको सम्बृद्धिको लागी अग्रगामी सामेली लोकतन्त्र, नागरीक स्वतन्त्रता र अधिकारको पैरवी गर्छ । त्यही आन्दोलन हो, जसले मुलुक अब सामन्ती राज्य संरचनाबाट चल्नसक्दैन भन्ने तथ्य स्विकार ग¥यो । शासन शैलीमा सामन्ती संस्कार गयो या रह्यो भन्नेमा बहस गर्न सकिएला, तर यहाँको समाज व्यवस्था, राजनीति, अर्थतन्त्र र सांस्कृतिक अवयवहरुको नेतृत्वबाट त्यसलाई तल ओरालेकै छ । नेपालको जब्बर सामन्तवाद जसलाई ‘लेफ्ट टु दी सेण्टर’ आन्दोलनले च्युत बनायो । शक्ति संचयको लागि धर्मलाई आड बनाउन प्रयासरत त्यो तप्का लोकमानकै छहारीमा संगठीत हुन लागेको महाभियोगको विरोधमा उठेका आवाजलाई केलाउँदा प्रष्ट हुन्छ ।

अदुअआबाट कार्कीको बर्हिगमनले सबभन्दा बढी गणतन्त्र, धर्मनिरपेक्षता, संघियता र सामेली लोकतन्त्रका विरोधीहरुलाई पोलेको छ । मुलुकको यो हैसियतलाई संस्थागत गर्ने संविधान कार्यान्वयन हुन नदिने उनिहरुको अभिष्टमाथी कार्कीविरुद्ध महाभियोग दर्ता भएसँगै तुषारापात भएको छ । संविधान जारी भएसँगै परिवर्तनका नेतृत्वकर्ता शक्तिहरुबीच बढेको अविश्वास प्रतिगामी शक्तिहरुकालागी उत्साह बनेको थियो । दलहरुबीचको अविश्वास झँगीदै गएर ७ माघ २०७४ भित्र तीन तहको निर्वाचन हुन नसक्दा संविधान दुर्घटनामा पर्ने संभावना अद्यापी छ । यहि समयमा भ्रष्टाचार नियन्त्रणका नाममा लोकमानसिंह कार्की अत्यधिक चलायमान हुनु संयोग मात्र थिएन । दलीय नेतृत्वलाई अहिल्यै तह लगाउनसक्दा ७ माघ २०७४ को समयसीमा घर्कने आँकलनमा कार्कीको सकृयाता बढेको सहजै बुझिन्छ । तर, महाभियोग प्रस्तावले पासा पल्टाएको छ ।

२०६२÷०६३ को उपलब्धिहरु जोगाउन पनि महाभियोग पारित गर्नुको विकल्प छैन । यसको लागि परिवर्तन पक्षधर दलहरु एक ठाउँमा उभिनैपर्छ । आपसी लेनदेनले दलहरुलाई एक ठाउँमा उभिने ‘स्पेस’ दिन्छ । अहिलेको राजनीतिक लेनदेन भनेको संविधान कार्यान्वयनमा सहकार्य सिर्जना गराउँने उपक्रम हो । महाभियोग प्रस्तावलाई अवसरको रुपमा लिँदा त्यस्तो सहकार्यको अवसर सिर्जना हुन्छ । र, त्यस्तो सहकार्यले राजनीतिक नेतृत्वको धमिलिएको छविलाई पनि उज्जर बनाउनेछ ।

Mahir News add

सम्बन्धित खबर

७९ हजारभन्दा बढी जनशक्ति सम्हाल्ने नेपाल प्रहरीको कमान्ड कसको हातमा पर्ला ? कार्की, केसी, अधिकारी कि शाहको ?

यही कात्तिकमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ अवकाशमा जाने तयारीमा रहेका छन्। अब उनको स्थानका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)बीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद...

अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

एमालेमा हलचल, तर खुल्न डर

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

स्पेन प्रकरण छानबिन गर्न गृह मन्त्रालयमा बस्दैछ आईजीपी, अध्यागमन, सीआईबी र मानव बेचबिखन ब्युरो प्रमुखको बैठक

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...