रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशन जेठ २३ गते गलकोटमा हुने
बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको पहिलो जिल्ला अधिवेशन जेठ २३ गते गलकोट बजारमा हुने भएको छ। यसअघि जेठ २४ गतेका लागि तय गरिएको अधिवेशन अब एक दिन अघि सारेर जेठ २३ गते नै गर्ने निर्णय गरिएको हो।
जिल्ला सभापति
महेन्द्र खड्काका अनुसार केन्द्रीय सर्कुलरअनुसार जेठ २४ गते जिल्लाको रिपोर्टिङ
गर्ने मिति तोकिएको भए पनि प्रदेश समितिको पछिल्लो निर्णयपछि सबै जिल्लाको अधिवेशन
जेठ २३ भित्रै सम्पन्न गर्न निर्देशन दिइएकाले मिति परिवर्तन गरिएको हो।
“हामीले जेठ २४ गतेसम्म गरेर रिपोर्टिङ
गर्न सकिन्छ भन्ने धारणा राखेका थियौं, तर प्रदेश समितिले सबै जिल्लाको अधिवेशन २३ गतेभित्रै सम्पन्न गर्नुपर्ने
सर्कुलर जारी गरेपछि सोही अनुसार मिति तय गरिएको हो,” सभापति खड्काले जानकारी दिनुभयो।
अधिवेशनको तयारी
तीव्र रूपमा भइरहेको छ। रास्वपाका अनुसार बागलुङका ८५ मध्ये ७० वडा र १० मध्ये ७
स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी वडा तथा स्थानीय तहका अधिवेशन
पनि छिट्टै सम्पन्न गर्ने तयारी भइरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
सर्लाही । जनता समाजवादी पार्टी जसपा नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको...
मतदाता नामावली दर्ताका लागि ५ दिन समय थप
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थपेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिरहेको छ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेको थिय...
बंगलादेश र म्यानमारमा जस्तो चुनाव नगरी सत्ता लम्ब्याउने खेल सुरु : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादी प्रवृत्तिहरू देखिन थालेको बताएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकमा बोल्दै उनले बंगला...
कांग्रेस बैठकः महाधिवेशनको मितिका विषयमा नेताहरुको अडान कायमै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी महाधिवेशनको मितिमा विषयमा आ(आफ्नो अडान कायमै राखेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वा...
माधव नेपाल र भीम रावलको नाम लिँदै ओलीले भने : स्वस्थ प्रतिस्पर्धा गरौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार, अध्यक्ष...
ओली समूहमा नपरेपछि उम्मेदवारी दिएका राजेन्द्र गौतमले लिए नाम फिर्ता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार रहेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका नेता गौतमले आज एक...



