मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशन जेठ २३ गते गलकोटमा हुने

Main News Image
Mahir News add

बागलुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको पहिलो जिल्ला अधिवेशन जेठ २३ गते गलकोट बजारमा हुने भएको छ। यसअघि जेठ २४ गतेका लागि तय गरिएको अधिवेशन अब एक दिन अघि सारेर जेठ २३ गते नै गर्ने निर्णय गरिएको हो।

जिल्ला सभापति महेन्द्र खड्काका अनुसार केन्द्रीय सर्कुलरअनुसार जेठ २४ गते जिल्लाको रिपोर्टिङ गर्ने मिति तोकिएको भए पनि प्रदेश समितिको पछिल्लो निर्णयपछि सबै जिल्लाको अधिवेशन जेठ २३ भित्रै सम्पन्न गर्न निर्देशन दिइएकाले मिति परिवर्तन गरिएको हो।

हामीले जेठ २४ गतेसम्म गरेर रिपोर्टिङ गर्न सकिन्छ भन्ने धारणा राखेका थियौं, तर प्रदेश समितिले सबै जिल्लाको अधिवेशन २३ गतेभित्रै सम्पन्न गर्नुपर्ने सर्कुलर जारी गरेपछि सोही अनुसार मिति तय गरिएको हो,” सभापति खड्काले जानकारी दिनुभयो।

अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ। रास्वपाका अनुसार बागलुङका ८५ मध्ये ७० वडा र १० मध्ये ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी वडा तथा स्थानीय तहका अधिवेशन पनि छिट्टै सम्पन्न गर्ने तयारी भइरहेको छ।

 

Mahir News add

सम्बन्धित खबर

दुर्गा प्रसार्ईं थुनामुक्त

काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले रिट जारी गरेसँगै उनी थुनामुक्त भएका हुन् । प्रसाईंलाई गैरकानु...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् ।

ओलीको दाबी: ‘म बयान दिन गएनँ, आयोग नै नक्कली हो’

काठमाडौं — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की न...

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उहाँले सरका...

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्। गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शन...