सुर्खेतमा टिपरको ठक्करबाट २३ वर्षीय युवाको मृत्यु, चालक पक्राउ
सुर्खेत । सुर्खेतको कालपानीस्थित भित्री सडक खण्डमा टिपरको ठक्करबाट एक पैदलयात्रीले अकालमै ज्यान गुमाएका छन्। गएराति भएको यस दुखद दुर्घटनामा परी भेरीगंगा नगरपालिका–२ निवासी २३ वर्षीय कमल वलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी
कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार कालपानी खोलाबाट
सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले बाटोमा हिँडिरहेका
वलीलाई ठक्कर दिएको थियो।
दुर्घटनालगत्तै
गम्भीर घाइते भएका उनलाई बुबा दलबहादुर वलीले उद्धार गरी उपचारका लागि तत्कालै
कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएका थिए। तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा
गरेका थिए।
दुर्घटना गराउने
टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ।
वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय चालक मानबहादुर चौधरीलाई सत्तरीबाटै
पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
कञ्चनपुरमा विपद् पूर्वतयारी: महाकाली नदीमा सेनाद्वारा ‘अभ्यास मनसुन–६’ सम्पन्न
सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी
प्रधानमन्त्रीको अनुपस्थितिमा फेरि संसद अवरुद्ध
मामा–भान्जाबीचको विवाद हिंसात्मक, नरेफाँटमा छुरा प्रहार आरोपमा एक पक्राउ
काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा एक युवामाथि धारिलो हतियार प्रयोग ग...



